मुटु अस्पताल बन्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
४० पटक हेरिएको
Shares
मुटु अस्पताल बन्ने

सारांश

  • बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ ।
  • लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु पाँच करोड र रु १० करोड शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो ।
  • तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु पाँच करोड र रु १० करोड शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो ।तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो । अस्पताल बनाउन खेलिएको देउँसी भैलोबाट रु ५ करोड सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पताल बुटवल–१३ बेलबासको दश नम्बर टोलमा बन्ने बताइएको छ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । अस्पतालको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सिर्जनशील रहेको छ । अस्पतालका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने अध्यक्ष खड्काले बताउनुभयो ।

पच्चीस श्ययाको उक्त अस्पतालमा ‘आइसियु’ र ‘सिसियु’सहितका कक्ष हुनेछ । अस्पताल बनाउन आफूहरूले महाअभियान नै शुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताउनुभयो । क्लबका द्वितीय उपाध्यक्ष डिबी खत्रीले अस्पतालको कूल लगानी रु २० करोड हुने उल्लेख गर्नुभयो ।

उहाँले रु १० करोड आफूहरुले सङ्कलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको जानकारी दिनुभयो । लायन्स क्लब अफ इन्टरनेशनलले रु ६ करोडका उपकरण दिने बताइएको छ । अस्पतालका लागि भन्दै देउसी भैलोमा बुटवल–१३ का डण्डपानी खनालले रु तीन लाख तीन हजार ३३३ दान दिनुभएको छ ।

त्यस्तै अर्का कृष्ण लम्सालले रु दुई लाख ५५ हजार ५५५ दिनुभएको छ । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने अस्पताल निर्माणका अभियान्ता डण्डपानी खनालले बताउनुभयो । क्लबले एक हजार संस्थापक सदस्य बनाएर रु १० करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन
ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन
यी दुई सर्वोत्कृष्ट खेलाडी जो ‘गोल्डेन बल’ पाउँदा पनि खुशी हुन सकेनन्
यी दुई सर्वोत्कृष्ट खेलाडी जो ‘गोल्डेन बल’ पाउँदा पनि खुशी हुन सकेनन्
पोखरेली भन्छन्,“विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”
पोखरेली भन्छन्,“विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
एक युवतीका कारण डाक्टरको ३० वर्षको मेहनत सखाप भयो !
एक युवतीका कारण डाक्टरको ३० वर्षको मेहनत सखाप भयो !
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो