मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरातर्फ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरातर्फ

सारांश

  • काठमाडौं, २३ असार ।
  • हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरा पठाइएको छ ।
  • मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका ५ शव पोखरा पठाइएको हो ।

काठमाडौं, २३ असार । हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका ५ शव पोखरा पठाइएको हो ।

दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो । बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा २ क २२१९ नं.को टिपर शुक्रबार अपरान्ह २ बजे दुर्घटना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?