मोदी नेपाल आउँदै, राजदुत पुरी जनकपुरमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मोदी नेपाल आउँदै, राजदुत पुरी जनकपुरमा

सारांश

  • काठमाडौं, १० बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा यही बैशाख २८ गते काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएकै दिन जनकपुर जाने कार्यक्रम रहेको छ ।
  • जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गरिने भएको छ ।

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा यही बैशाख २८ गते काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएकै दिन जनकपुर जाने कार्यक्रम रहेको छ ।

जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गरिने भएको छ । उक्त अभिनन्दनको तयारी र ठाउँबारे अध्ययन गर्न नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी अहिले जनकपुरमा छन् । उनले त्यहाँ विभिन्न पक्षसँग मोदीको भ्रमणबारे विस्तृतमा कुराकानी गरिरहेका छन् ।

भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन्। प्रधानमन्त्री बनेपछि मोदीले तेस्रोपटक नेपाल भ्रमण गर्दैछन् । उनको नेपाल भ्रमणसँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने जनविश्वास छ ।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री बनेलगत्तै र पछि सार्क सम्मेलनमा भाग लिन मोदी नेपाल आएका थिए। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा नेपालका प्रधानमन्त्री ओलीले गत चैत्र २३ देखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?