सशस्त्र प्रहरी बलका इकाईहरुमा वृक्षारोपण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सशस्त्र प्रहरी बलका इकाईहरुमा वृक्षारोपण

सारांश

  • काठमाडौं, २२ जेठ ।
  • विश्व वातावरण दिवसको अवसरमा जेष्ठ २२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा वृक्षारोपण गरिएको छ ।
  • सोही अवसरमा देशका विभिन्न भागहरुमा रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा समेत वृक्षारोपण गरिएको छ ।

काठमाडौं, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा जेष्ठ २२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा वृक्षारोपण गरिएको छ ।

सोही अवसरमा देशका विभिन्न भागहरुमा रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा समेत वृक्षारोपण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिषरमा गरिएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालसहित उच्च अधिकृतहरु तथा अन्य अधिकृत, विल्लादार जवानहरु समेतले वृक्षारोपण गर्नुभएको छ ।

यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षहरु किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंह बहादुर श्रेष्ठ लगायत भूतपुर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत सो अवसरमा वृक्षारोपण गर्नुभएको छ । 

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरुको समेत वृक्षारोपण कार्यक्रममा सहभागिता रहेको थियो ।
सो अवसरमा रुद्राक्ष, सामी, जापानीज हलुवावेद, नास्पाती, आँप, आरु, अनार, अमला, अम्वा, सुन्तला लगायत विभिन्न खालका बोटविरुवा रोपिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भूमा समेत विभिन्न खालका बोटविरुवाहरु रोपिएको छ । विश्व वातावरण दिवसकै अवसर पारेर सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा समेत विभिन्न खालका बोटविरुवाहरु रोपिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा रोपिएका बोटविरुवाहरुमा मलजल तथा रेखदेख, संरक्षणको आवश्यक व्यवस्था समेत मिलाइएको छ

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Naya Khabar

    आमुल परिबर्तन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?