नियमविपरीत दशगजाभित्रै भारतीय बस्ती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
१६ पटक हेरिएको
Shares
नियमविपरीत दशगजाभित्रै भारतीय बस्ती

सारांश

  • काठमाडौं, २३ माघ –  लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ ।
  • यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।
  • अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन ।

काठमाडौं, २३ माघ –  लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।

अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन । दशगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दशगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् । यो खबर आजको कान्तिपुर दैनिकमा भरत जर्घामगरले लेखेका छन् ।
जग्गा खाली रहेकाले घर बनाएर बसेको भारत, लौकाहाका सन्तोष साहले बताए । ‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दशगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’ आफूहरू वर्षांदेखि त्यहीँ बसिरहेको जनाउँदै उनले सबै गरी १२ वटाजति घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीकोबसोबास छ ।
‘जिल्लाबाट सीडीओ र एसपीसाबहरू यतातिर आउँदा हामी जहिल्यै पनि दशगजाबाट भारतीय कस्टम हटाउनुपर्छ भनेर कुरा राख्छौँ तर अहिलेसम्म पहल भएन,’ ठाडीका स्थानीय अगुवा कन्हैया भट्टले भने, ‘कस्टम कार्यालयअगाडि नै दशगजामा भारतीय नागरिकले चियापसल खोलेका छन्, बस्तीसमेत बसालेका छन् ।’ ठाडी सीमामा भारतीय लौकाहा बजार छ । त्यहाँ आइतबार र बिहीबार साप्ताहिक हाट बजार लाग्छ ।
त्यस क्रममा भारतीय पक्षले साइकल, मोटरसाइकल र चारपांग्रे सवारी नेपालतर्फ पार्किङ गर्दा यताका व्यापारीले सास्ती भोग्नुपरेको भट्टले सुनाए । सुरक्षास्रोतका अनुसार भारतको निकटवर्ती सहर जयनगरमा दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा नेपालपक्षले सीमाछेउका मदिरा पसल हटाउने तथा भारतीय पक्षले ठाडीसँग जोडिएको दशगजाबाट भन्सार कार्यालय हटाउने सहमति भएको थियो । नेपाली सीमाछेउका मदिरा पसल हटाइए पनि भारतीय पक्षले भन्सार कार्यालय अझै हटाएको छैन ।
‘कस्टमसँगै भारतीय पक्षले सीमामै चेकजाँचका लागि ढाट नै राखेको छ,’ सशस्त्र प्रहरी बल ठाडीका प्रमुख सुशील बस्नेतले भने, ‘भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग दशगजा क्षेत्रबाट कस्टम कार्यालय सार्न आग्रह गरेका छांै, कार्यान्वयन भएको छैन, फेरि पनि पहल गर्छु ।’
भारतीय भन्सारका अधिकारीले भने स्थायी संरचना नभई व्यापारिक कारोबार र जाँचमा सहजताका लागि तत्काललाई छाप्रोबाट काम चलाउने गरिएको बताउँदै आएका छन् । नेपालपट्टिका भन्सार प्रमुख राजेन्द्र हमालले दुई देशको सीमा र कूटनीतिका कुरा भएकाले आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
कञ्चनपुरमा घरमा आएका पाहुनाद्वारा सामूहिक बलात्कार !
पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ- प्रधानमन्त्री
पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ- प्रधानमन्त्री
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा
कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा
‘नेपालको केही एजेन्डा छैन’: नरेन्द्र मोदी
‘नेपालको केही एजेन्डा छैन’: नरेन्द्र मोदी

तपाईंले छुटाउनुभयो कि?