लमजुङमा दुई दिन विद्युत्् आपूर्ति बन्द हुने
सारांश
- बेसीशहर, लमजुङ, ११ फागुन, लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
- उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो ।
- मध्यमस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं २ देखि टावर नं १ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले जानकारी दिनुभयो ।
बेसीशहर, लमजुङ, ११ फागुन, लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो । मध्यमस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं २ देखि टावर नं १ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले जानकारी दिनुभयो ।
दुई दिनका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । दुई दिनसम्म विद्युत् बन्द हुँदा लमजुङको सम्पूर्ण भू–भाग र तनहुँको बाइसजाँगर, मानेचौका, रुपाकोटलगायतका उपभोक्ता प्रभावित हुनेछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया