आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३, २०७९
|
|
१७ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकका लागि आजको दिन अर्थलाभ योग रहेको छ । व्यापार व्यवसायबाट सोचेभनदा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ ।स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनुहोला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । तर मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन स्नानको विशेष महत्व रहेको छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । आजको दिन बिहान शिवालयमा पुगेर नवग्रह दर्शन गर्दा समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ । मानसिक शान्ति र यात्रा हुने संभावना छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । सोचे अनुसारको काम हुनेछ । मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नै वेश हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन शुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । कन्या राशिका पुरुष जातकका लागि स्त्री जातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा भलो हुनेछ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आर्थिक उन्नती हुने सम्भावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । त्यसैले आजको दिन गरेको निर्णयले निकै फाइदा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा मिलाउन चीन यसकारण असफल
नेकपा मिलाउन चीन यसकारण असफल
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
यी दुई शीर्ष नेतासँग पूर्वराजाको गोप्य भेटघाट
यी दुई शीर्ष नेतासँग पूर्वराजाको गोप्य भेटघाट
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
भौतिक मन्त्रालय एक महिनादेखि सकसमा
भौतिक मन्त्रालय एक महिनादेखि सकसमा
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वार्ता)
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वार्ता)

तपाईंले छुटाउनुभयो कि?