सरकारले चीनसँग जोडिएका नाकालाई खुलाउँदै लैजाने नीति लिएको छ: प्रदीप ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १३ असार ।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा थप ५ वटा नाका खोल्ने सहमति गरिएको बताएका छन्।
  • दार्चुलाको टिंकर र बझाङको उरहीसहित ५ वटा थप नाका खुलाउन प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीन सरकासँग समझदारी गरिएको उनले जानकारी दिए।

काठमाडाै, १३ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा थप ५ वटा नाका खोल्ने सहमति गरिएको बताएका छन्।

दार्चुलाको टिंकर र बझाङको उरहीसहित ५ वटा थप नाका खुलाउन प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीन सरकासँग समझदारी गरिएको उनले जानकारी दिए।

बुधबार परराष्ट्र मन्त्रालयको विनियोजन बजेटमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्दै सामान भित्र्याउने उद्देश्यका साथ थप ५ नाका खुलाउने सहमति गरिएको स्पष्ट पारे।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले चीनसँग जोडिएका नाकालाई बढीभन्दा बढी खुलाउँदै लैजाने नीति लिएको पनि स्मरण गराए। लिपुलेकसम्बन्धी समस्या कुटनीतिक माध्यामबाट समाधान गर्ने उनले प्रतिवद्धता जनाए।

परराष्ट्रमन्त्री ज्ञवालीले पुराना कुटनीतिज्ञहरुको अनुभवलाई पुस्तकको रुपमा प्रकाशन गर्न आवश्यक व्यवस्था गर्ने योजना पनि अघि सारेका थिए। मुलुकको कूटनीतिक क्षेत्रलाई सहज ढंगले अघि बढाउन कूटनीतिकहरुको अनुभवसहितको पुस्तक उपयोगी हुने मन्त्री ज्ञवालीको भनाइ थियो।

राजदूत नियुक्ति छिटै

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले योग्यता र क्षमताका आधारमा छिटै राजदूत नियुक्ति गर्ने उनले बताए।

संसदमा बोल्दै उनले राजदूत नियुक्ति व्यवस्थित र मर्यादित बनाइने उल्लेख गरे। ‘राजदूत नियुक्तिलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाइनेछ’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?