सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…

सारांश

  • एजेन्सी।
  • बलिउड कलाकार कादर खानको निधनको खबर फैलिएपछि उनका प्रशंसक शोकमा डुबेका थिए।
  • तर कादर खानको निधनको खबर सत्य नभएर अफवाह हो।

एजेन्सी। बलिउड कलाकार कादर खानको निधनको खबर फैलिएपछि उनका प्रशंसक शोकमा डुबेका थिए। तर कादर खानको निधनको खबर सत्य नभएर अफवाह हो। उनका छोरा सरफराजले बुवाको निधन भएको खबरको खण्डन गर्दै आफ्ना बुवाको अस्पतालमा उपचार भइरहेको जनाएका छन।

खानको क्यानडामा उपचार भइरहेको छ। ‘यो खबरमा सत्यता छैन। यो फर्जी र अफवाह मानै हो, मेरा बुवा अस्पतालमा हुनुहुन्छ।’ ८१ वर्षीय कादर खानलाई श्वास लिन समस्या भएपछि बाइपाइप भेन्टिलेटरमा राखिएको छ। आइतबार राति सामाजिक संजालमा कादर खानको निधन भएको अफवाह फैलिएको थियो।


सामाजिक संजालमा कादर खानको निधन भएको हल्ला मच्चिएपछि भारतको सरकारी रेडियो अल इण्डियाको आधिकारिक ट्विटर ह्याण्डलबाट उनको निधन भएको ट्विट गरिएको थियो। यद्यपी कादर खानको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?