सीद्वारा ‘एक देश, दुई प्रणाली’ को प्रतिरक्षा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १७, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सीद्वारा ‘एक देश, दुई प्रणाली’ को प्रतिरक्षा

सारांश

  • चीनको ‘एक देश, दुई प्रणाली’ को शासन मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्छ चिनिया राष्ट्रपति सी जिनफिङले बताएका छन् ।
  • हालैको अन्तर्राष्ट्रिय आलोचनापछि चिनियाँ नेताले भाषणमा हङकङको राजनीतिक प्रणालीको कडा प्रतिरक्षा गरेका हुन् ।
  • हङकङले बेलायतले चीनलाई सहर फिर्ता गरेको २५ वर्ष पूरा भएको वार्षिक उत्सव मनाइरहेको छ।

चीनको ‘एक देश, दुई प्रणाली’ को शासन मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्छ चिनिया राष्ट्रपति सी जिनफिङले बताएका छन् । हालैको अन्तर्राष्ट्रिय आलोचनापछि चिनियाँ नेताले भाषणमा हङकङको राजनीतिक प्रणालीको कडा प्रतिरक्षा गरेका हुन् । हङकङले बेलायतले चीनलाई सहर फिर्ता गरेको २५ वर्ष पूरा भएको वार्षिक उत्सव मनाइरहेको छ।

राष्ट्रपति सी दुई वर्षयता पहिलोपटक चीन बाहिरको यात्रामा रहेका छन् । शुक्रबार सीले यो व्यवस्था लामो समयसम्म पालना गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘एक देश, प्रणालीको समय समयमा परीक्षा लिइएको छ र यो सफल रहेको पुष्टि भएको छ । यस्तो राम्रो व्यवस्थालाई परिवर्तन गर्नुपर्ने कुनै कारण नै छैन ।’

सीले हङकङको स्थायित्व र सुरक्षालाई सुरक्षित गर्न यो आवश्यक रहेको र यो सिद्धान्तलाई कुनै पनि समयमा सम्झौता गर्न दिन नहुनेमा जोड दिए । विश्वको कुनै पनि देशले आफ्नो राजनीतिक शक्ति आफ्नो देशलाई माया नगर्ने र धोका दिनेहरु लाई कहिले पनि दिन चाहने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?