स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र, निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सम्बद्ध सबैको दायित्व भएको बताउनुभएको छ ।
  • राष्ट्रपति भण्डारीले भन्नुभयो, “परिवर्तनलाई संस्थागत र सुदृढ गर्दै आर्थिक सामाजिक रुपान्तरणको माध्यमबाट सम्पूर्ण नेपालीको जीवनस्तरमा गुणात्मक परिवर्तन गर्नुपर्ने जनआकांक्षा पूरा गर्न राष्ट्रिय विभूतिले अवलम्बन गरेको पथ अनुशरण गर्नुपर्ने खाँचो छ ।
  • ” फाल्गुनन्द नोमङ्गेना सेवा संघले आज आयोजना गरेको ‘माङ्गेना चोत्लुङ्ग कार्यक्रम तथा बहुभाषिक पाठशालाको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सकिएको र दोस्रो चरणको निर्वाचनको तयारी भइरहेको सन्दर्भमा निर्वाचनले परिवर्तनलाई संस्थागत गर्दै आर्थिक सामाजिक रुपान्तरण गराउने अपेक्षा व्यक्त गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र, निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सम्बद्ध सबैको दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “परिवर्तनलाई संस्थागत र सुदृढ गर्दै आर्थिक सामाजिक रुपान्तरणको माध्यमबाट सम्पूर्ण नेपालीको जीवनस्तरमा गुणात्मक परिवर्तन गर्नुपर्ने जनआकांक्षा पूरा गर्न राष्ट्रिय विभूतिले अवलम्बन गरेको पथ अनुशरण गर्नुपर्ने खाँचो छ ।”

फाल्गुनन्द नोमङ्गेना सेवा संघले आज आयोजना गरेको ‘माङ्गेना चोत्लुङ्ग कार्यक्रम तथा बहुभाषिक पाठशालाको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सकिएको र दोस्रो चरणको निर्वाचनको तयारी भइरहेको सन्दर्भमा निर्वाचनले परिवर्तनलाई संस्थागत गर्दै आर्थिक सामाजिक रुपान्तरण गराउने अपेक्षा व्यक्त गर्नुभयो ।

विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल नेपालमा अनेकौँ विद्धान–विदुषी र विभूतिले जन्म लिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल राष्ट्रको विकास र सुदृढीकरणमा महान पुर्खाले राष्ट्रको गौरव बढाउन गरेको योगदानको स्मरण र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मानव जातिको विकास र उत्थानमा अनेकौँ मूर्त र अमूर्त तत्वले भूमिका खेलेको हुन्छ । राष्ट्रिय विभूतिको योगदानलाई कदर गर्दै भावी पुस्तालाई किराँत संस्कृति तथा शिक्षा विकासमा पाठशाला स्थापनाको पहल प्रेरणादायी हुने विश्वास लिएको छु ।”

उहाँले समाज सुधारक किराँत धर्मगुरु फाल्गुनन्दको तपोभूमि माङ्सेवुङ्गमा पूर्वाधारको विकास गरी यस क्षेत्रको पुरातात्विक तथा सांस्कृतिक सम्पदा, पर्यटकीयस्थल, वन तथा वन्यजन्तु र सीमसार क्षेत्रको संरक्षण तथा सम्बद्र्धनमा आपसी समन्वयमा जोड दिनुभयो ।

मानव सभ्यताको महत्वपूर्ण र जीवन्त पक्षको रुपमा रहेको भाषा र लिपि एवं संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा संघको तत्परता र सक्रियताको राष्ट्रपतिले प्रशंसा गर्नुभयो ।

रतुवा–माई वृक्षारोपाण आयोजना पर्ने सो सुन्दर ग्रामीण इलाकामा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा अनावरण गरिएको कार्यक्रममा किराँत धर्म संरक्षक देउबहादुर तुम्बापो (लायफङ) को ७५ औँ जन्मोत्सवका अवसरमा उहाँलाई सम्मानित गरिएको थियो ।

सो शालिक कलाकार विक्रम श्रीले निर्माण गर्नुभएको हो । कार्यक्रममा पाठशाला र शालिक निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो भने ब्लाष्ट टाइम्सका पत्रकार शेखरनाथ योगीलाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मदिन (हरेक कात्तिक २५) मा राष्ट्रिय बिदा दिन माग गर्नुभयो । पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री केशव थापाले पाठशालाको संरक्षण र प्रवद्र्धनका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष डम्बर तुम्बापोले २०७२ मा स्थापित पाठशालामा धार्मिकका साथै आधुनिक विषयको पनि पढाइ हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?