वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
सारांश
- काठमाडौं ।
- सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी एयरबस प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि पूर्व मन्त्रीहुँदै सुगतरत्न कंसकारलाई कार्वाही गर्न समितिसमक्ष सिफारिस गरेको छ ।
- मंगलबार राति उपसमितिले तयार पारेको प्रतिवेदनमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी देखाएको छ ।
काठमाडौं । सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी एयरबस प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि पूर्व मन्त्रीहुँदै सुगतरत्न कंसकारलाई कार्वाही गर्न समितिसमक्ष सिफारिस गरेको छ ।
मंगलबार राति उपसमितिले तयार पारेको प्रतिवेदनमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी देखाएको छ । पर्यटन मन्त्रीसहित, सचिवसम्म मुछिएको उपसमितिले प्रतिवेदनमा कार्वाहीको लागि सिफारिस गरेको छ । समितिलाई गलत जानकारी दिएको भन्दै मन्त्री रवीन्द्र अधिकारीलाई कारबाही सिफारिस गरेको छ ।
सतर्कता नअपनाएको भन्दै तत्कालीन मन्त्री जीवनबहादुर शाहीलाई कारबाही गर्न सिफारिस गरेको हो । कानुनले नदिने काम गरेको भन्दै बैना भुक्तानी गर्न दिएकोमा तत्कालीन मन्त्री जितेन्द्र देवलाई कारबाही सिफारिस गरेको हो ।
महाप्रबन्धक कंसाकारले एयरबस कम्पनीको तत्कालीन मूल्य, छुट रकम नलिई गलत मनसायले पुरानो मूल्यमा समायोजन गरेको भन्दै सिफारिस गरेको हो ।
महाप्रबन्धक कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएको छ ।
पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव, जीवनबहादुर शाहीलाई कारबाहीको सिफारिस गरेको हो । त्यसैगरी बोर्ड अध्यक्ष, पर्यटन मन्त्रालयका तत्कालीन सचिवहरू प्रेमकुमार राई, शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटालाई छानबिन गरी कार्वाही गर्न सिफारिस गरेको हो ।
त्यसैगरी अर्थ मन्त्रालयका तत्कालीन सहसचिवहरू शिशिरकुमार ढुंगाना, सूर्यप्रसाद आचार्य, जीवनप्रसाद सिटौला, सुरेश आचार्य, सदस्यमा टेकनाथ आचार्य, बुद्धिसागर लामिछाने, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, अच्युतराज पहाडीमाथि छानबिन गर्न भनेको छ ।
छानबिनको क्रममा दोषी देखिएमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा कानुनी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन समितिलाई सिफारिस गरिएको छ ।
प्रतिक्रिया