ठूलो मात्रामा जमीनमुनि लुकाइएको लागुऔषध बरामद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
ठूलो मात्रामा जमीनमुनि लुकाइएको लागुऔषध बरामद

सारांश

  • गलकोट।
  •  बागलुङ जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रामा लागुऔषध बरामद गर्न सफल भएको छ ।
  • बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विजय खाजाघरका सञ्चालिका बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी ४३ वर्षीया शान्तिदेवी कुँवरको खाजाघर पछाडिको खाली जमीनमुनि लुकाइछिपाइ राखेको स्थानमा बुधबार दिउसो उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिककै डिब्बाभित्र दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल बरामद गरिएको थियोे ।

गलकोट। बागलुङ जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रामा लागुऔषध बरामद गर्न सफल भएको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विजय खाजाघरका सञ्चालिका बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी ४३ वर्षीया शान्तिदेवी कुँवरको खाजाघर पछाडिको खाली जमीनमुनि लुकाइछिपाइ राखेको स्थानमा बुधबार दिउसो उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिककै डिब्बाभित्र दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल बरामद गरिएको थियोे ।

उक्त कार्यालयका अनुसार उपल्लाचौरस्थित नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै खाजाघर सञ्चालन गरी बस्ने कुँवरले खाजाघरमा अवैध लागुऔषध लुकाइछिपाइ राखी बिक्री वितरण गर्ने गरेकामा तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताको मोबाइल, ल्यापटपलगायत सामग्री समेत धितो लिने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो ।

कुँवरलाई पुस १४ गते प्रहरीले नियन्त्रणमा लिएर खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाइछिपाइ राखेको अवस्थामा दुई एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन दुई/दुई एम्पुल र लागुऔषध प्रयोगकर्ताले धितो राखेका सामसुङ मोबाइल ५ थान, कलर्स मोबाइल चारथान, नोकिया मोबाइल एक थान, डाइमण्ड मोबाइल एक थान, सोलारपावर बैँक एक थान, आइफोन एक थान, इण्टेल लेखिएको ट्याब एक थान, एसर ल्यापटप एक थानसमेत बरामद गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

सीसी क्यामरा जडान 

गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवासुविधा चुस्त बनाउन बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको कार्यालयमा सीसी क्यामरा जडान गएिको छ । कर्मचारीले जनताको सेवालाई प्रभावकारी रूपमा प्रदान गरे/नगरेको अवलोकन तथा गाउँपालिकामा हुनसक्ने अनियमित गतिविधि निस्तेज पार्न कार्यालयमा पाँच सीसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले भन्नुभयो, “यहाँ आउने जनतालाई महसुस हुनेगरी काम गर्न आवश्यक ठानेर र कर्मचारीबाट प्रदान गरिने सेवा चुस्त र दुरुस्त पार्न सीसी क्यामरा जडान गरेका हौँ ।”

जिल्लाका छ गाउँपालिका तथा चार नगरपालिकामध्ये सूचना प्रविधिको हिसाबले उक्त गाउँपालिका अगाडि छ । “गाउँपालिकाले जनताको गुनासो सुन्न मोबाइल एप्स तथा योजना तथा कार्यक्रम सार्वजनिक गर्न वेवसाइटको प्रयोग गर्दै आइरहेकामा यसलाई थप सूचना तथा प्रविधिमैत्री बनाउँदै लाने क्रममा सीसी क्यामरा पनि जडान गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले भन्नुभयो।

सीसी क्यामरा जडान गरिएपछि जनताले पाउने सेवासुविधा प्रभावकारी भएको सेवाग्राहीले बताएका छन् । गाउँपालिकामा कर्मचारीहरुलाई व्यवस्थित गर्नका लागि ई–हाजिरीसमेत सञ्चालनमा ल्याइएपछि कार्यालय समयभन्दा ढिलो कार्यालय आउने कर्मचारी समयमै आउने र सेवाग्राहीलाई समयमै सेवाप्रदान गर्न सहज भएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
२५२६औं बुद्ध जयन्तीकाे दिन बुद्धबारे नयाँ खुलासा
२५२६औं बुद्ध जयन्तीकाे दिन बुद्धबारे नयाँ खुलासा
प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण
दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
महिला संजालकी अध्यक्षले यसरी फसाईन ईन्सपेक्टरलाई !
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट
उपराष्ट्रपति यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिको भेट
इतिहास रच्ने योजनामा मनाङ मस्र्याङ्दी क्लब
इतिहास रच्ने योजनामा मनाङ मस्र्याङ्दी क्लब

तपाईंले छुटाउनुभयो कि?