मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली
सारांश
- काठामाडौं, १९ पुस ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने पुरा गर्ने बताएका छन् ।
- आज ललितपुरको बालकुमारीमा फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै उनले कम्पनीको पनि प्रतिवद्धता रहेकाले बाँकी काम सिएसीलेनै पुरा गर्नेमा आफु विस्वस्त रहेको बताए ।
काठामाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने पुरा गर्ने बताएका छन् ।
आज ललितपुरको बालकुमारीमा फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै उनले कम्पनीको पनि प्रतिवद्धता रहेकाले बाँकी काम सिएसीलेनै पुरा गर्नेमा आफु विस्वस्त रहेको बताए ।
आयोजना तीब्रताका साथ अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले आयोजनाको काम चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको दावी गरे । कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताए ।
आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने प्रधानमन्त्री ओलीको दावी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया