सन्दीपले आज कस्तो खेल्लान त आज बंगालादेश प्रिमियर !

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सन्दीपले आज कस्तो खेल्लान त आज बंगालादेश प्रिमियर !

सारांश

  • काठमाडौं ।
  • नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गरेर आजबाट बंगलादेश प्रिमियर लिग खेल्दैछन् ।
  •  सन्दीपको पछिल्लो पटक देखाएको उत्कृष्टता बंगलादेशको भूमिमा पनि कायम राख्ने सबैको विश्वास छ ।

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गरेर आजबाट बंगलादेश प्रिमियर लिग खेल्दैछन् । सन्दीपको पछिल्लो पटक देखाएको उत्कृष्टता बंगलादेशको भूमिमा पनि कायम राख्ने सबैको विश्वास छ । बंगलादेशको ढाकामा हुने खेल दिउँसो सवा १२ बजेबाट शुरु हुँदैछ । 

उनी त्यस प्रतियोगतामा पहिलो पटक सहभागी हुँदैछन् । चार खेलमा आठ विकेट लिएर बंगलादेश उडेका बिग ब्याश सन्दीपको टिम सिल्हेट सिक्सर्सले आज कोमिला भिक्टोरियन्ससँग खेल्ने कार्यक्रम छ । वकार युनिसको प्रशिक्षणमा रहेको सिल्हेट सिक्सर्सबाट सन्दीपले बीपीएल खेल्नेछन् ।

बंगलादेश प्रिमियर लिगमा आफ्नो टिमको पहिलो खेल सुरु हुनुभन्दा अगाडि शनिबार राति सिल्हेट सिक्सर्सले डिनर पार्टीको आयोजना गरेको थियो । डिनरमा सन्दीप प्रशिक्षक वकार युनिस, कप्तान डेभिड वार्नरलगायत टिमका अन्य खेलाडीसँग देखिएका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?