सफलताको कथा : भारतीय सेनाका निवृत्त आले कृषि पेशाबाट ६ लाख कमाउँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
सफलताको कथा : भारतीय सेनाका निवृत्त आले कृषि पेशाबाट ६ लाख कमाउँदै

सारांश

  • प्रायः सेना÷प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ ।
  • अझ बन्दुक समातेका हातले कृषि पेशा अँगाल्न चाहने बिरलै भेटिन्छ ।
  • तर कुरिनटारका एसपी आले भने भारतीय सेनाको जागिरबाट सेवा निवृत्त भएपछि स्वदेश फर्केर कृषि पेशामा दिनरात खटिएर लाग्नु भएको छ ।

प्रायः सेना÷प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक समातेका हातले कृषि पेशा अँगाल्न चाहने बिरलै भेटिन्छ । तर कुरिनटारका एसपी आले भने भारतीय सेनाको जागिरबाट सेवा निवृत्त भएपछि स्वदेश फर्केर कृषि पेशामा दिनरात खटिएर लाग्नु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारका आले कृषि पेशाबाट सन्तुष्ट छन् । भारतीय सेनाको जागिरबाट सेवा निवृत्त ६६ वर्षीय आलेले विगत १८ वर्षदेखि कृषि पेशामा संलग्न छन् ।

आले बिहानै उठेर एक घण्टाको उकालो चढेपछि वडा नं ४ कै केराबारी बिसौनामा रहेको सुन्तला बगैँचामा पुग्छन् । दिनभर कृषि कर्ममा बिताउन्छन् । उनलार्ई यो दैनिकीप्रति गर्व छ । छैसठ्ठी वर्षको उमेरमा परिश्रम गर्न बाध्यता छैन, तर कृषि कर्म नगरी दिन बिताउनै नसकिने उनले वताए । “एउटा छोरा विदेश, अनि अर्को छोरा राम्रो कम्पनीमा जागिरे, महङ्गो गाडी चढ्छन्, श्रीमतीको आफ्नै किराना पसल छ, मलाई पेन्सनले पुग्छ, कृषि पेशा मेरो लागि बाध्यता होइन सन्तुष्टि हो”, कृषि पेशाबाट आत्मसन्तुष्टि मिल्नुका साथै मनग्य आम्दानी पनि भैरहेको उनले वताए ।

वार्षिक ६ लाख आम्दानी गर्दै आले 

दुई बिघामा सुन्तला तथा अन्य फलफूल खेती गरिरहेका उनी राम्रो फल लागेको वर्ष सुन्तलाबाट मात्र छ लाख रुपैयाँ आम्दानी हुनेगरेको वताए । सुन्तलाका साथसाथै उनको वारीमा आँप, कागती, नासपाती पनि छन् । मौसमअनुसार अन्य तरकारी बाली पनि लगाउदै आएका छन् । मलका लागि गाई पनि पालेका छन् । केही वर्ष होटल व्यवसायसमेत सञ्चालन गर्नुभएका आलेले होटल व्यवसाय छाडी कृषि पेशा शुरु गरे । पेन्सन हुनुअघि भारतीय सेनामा रुचिअनुसारको तालीम प्रदान गर्ने गरिन्छ । उनले कृषिसम्बन्धी तालीम लिए । आले कृषि पेशा मात्र गर्नुहुन्न, सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । गाउँमा बाटोघाटो, बिजुली, खानेपानीलगायत विकास निर्माणका काममा पनि सक्रिय रहेको स्थानीय विष्णु त्रिपाठी बताए ।

झण्डै आधा उमेर विदेशी भूमिमा समर्पित गरेर पनि पुनः अवकाशपछि विदेशिनेहरूलाई आलेले नेपालमै कृषि पेशा गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
अमेरिकामा कोरोनाभाइरसबाट एकैदिन २,००० भन्दा बढीको मृत्यु
अमेरिकामा कोरोनाभाइरसबाट एकैदिन २,००० भन्दा बढीको मृत्यु
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने अवस्थामा पुगेको छ : केपी ओली
गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने अवस्थामा पुगेको छ : केपी ओली
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी
पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी