सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार

सारांश

  • माघ २९, काठमाण्डौ ।
  • १८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने क्रममा भ्रष्टाचार भएको पाइएको छ ।
  • रातो कार्पेट विछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो ।

माघ २९, काठमाण्डौ । १८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने क्रममा भ्रष्टाचार भएको पाइएको छ । रातो कार्पेट विछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो ।

भिइआइपीका लागि पाँच हजार नौ सय ८८ वर्ग्फिट मात्र कार्पेट प्रयोग भएको थियो । तर, सेनाले सात हजार २५ वर्ग्फिट कार्पेट खरिद गरेको विवरण पेस गरेको थियो । यसबाट राज्यलाई ४ लाख व्ययभार परेको थियो । रातो कार्पेटको नाममा अनियमितता भएको विषय महालेखापरीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो ।

सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख बजेट दिएको थियो । त्यसक्रममा सेनाको संभाररथी विभागले इचुमति इन्टरनेसनल प्रालिसँग विभिन्न सामान द्रुतमार्गबाट खरिद गर्न सम्झौता गर्‍यो । तर, सप्लायर्स कम्पनीले सार्क सुरक्षाका लागि अनिवार्य भनेकोमध्ये कैयौँ सामान सम्मेलनपछि मात्र उपलब्ध गरायो ।

त्यसमध्ये पनि ५ प्रकारका सामान त्यो वर्ष सेनाले पाउन सकेन । यस्तै निहिल ट्रेडिङ कम्पनीसँग एक करोड ४४ लाखबराबरको उपकरण खरिदको सम्झौता गरेको थियो । तर, ती उपकरण सार्क सम्मेलन सकिएको सात महिनापछि मात्र प्राप्त भएका थिए । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार विरुद्ध प्रतिपक्षले आन्दोलन गर्ने बेला भएकै हो?
सरकार विरुद्ध प्रतिपक्षले आन्दोलन गर्ने बेला भएकै हो?
लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता
लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता
सन्दिप लामिछानेले आईपीएल खेल्ने,  दिल्ली डेयरडेभिल्सले  २० लाखमा किन्यो
सन्दिप लामिछानेले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो
रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु
रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु
प्रसारण लाइनमा झुण्डिएका विकको आठ घण्टापछि उद्धार
प्रसारण लाइनमा झुण्डिएका विकको आठ घण्टापछि उद्धार
टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
पत्रकार महासंघको निर्वाचनलाई मार्गप्रशस्त गर्दै बाहिरियो प्रगतिशील
पत्रकार महासंघको निर्वाचनलाई मार्गप्रशस्त गर्दै बाहिरियो प्रगतिशील
फुटबल नेपाल कीर्गिस्तानसँग पराजित
फुटबल नेपाल कीर्गिस्तानसँग पराजित
पुष्कर कार्की आएलगत्तै एक्सनमा सिआईबी, १४ केजी अवैध सुनसहित ७ जना पक्राउ
पुष्कर कार्की आएलगत्तै एक्सनमा सिआईबी, १४ केजी अवैध सुनसहित ७ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?