निर्मला प्रकरणमा डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
निर्मला प्रकरणमा डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

सारांश

  • काठमाडौं।
  •   रहस्यमा रहेको निर्मला पन्त प्रकरणले फेरि नयाँ मोड लिने देखिएको छ।
  •   निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ ।
काठमाडौं।  रहस्यमा रहेको निर्मला पन्त प्रकरणले फेरि नयाँ मोड लिने देखिएको छ। 
निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।
बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ भने इन्सपेक्टर एकेन्द्र खड्का जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई अदालतमा उपस्थित गराइएको छ । 
उनीहरुको बयान आजबाट सुरु हुनेछ ।
निर्मला पन्त प्रकरणमा संलग्नको आशंकामा ६ जना कञ्चनपुर प्रहरीको हिरासतमा छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?