दोलखामा हाइड्रोको बस दुर्घटना, दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दोलखामा हाइड्रोको बस दुर्घटना, दुई जनाको मृत्यु

सारांश

  • दोलखा, १ चैत ।
  • माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ ।

दोलखा, १ चैत । माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको हो ।

बसमा चालकसहित करिब २५ जना मजदुर सवार थिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?