गिरिजाको योगदान कांग्रेसले बिर्सदैं गएको स्विकार
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने र कांग्रेस बलियो भएमात्र मुलुक र राष्ट्रियता बलियो हुने बताएकी छिन् ।
- गिरिजाप्रसाद कोइराला फाउण्डेशनले नवौँ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘सहमति, सहकार्य र एकताका महान् अभियान्ता गिरिजाबाबु’ विषयको विचार गोष्ठीमा कांग्रेस बलियो बनाउन पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने बताइन् ।
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने र कांग्रेस बलियो भएमात्र मुलुक र राष्ट्रियता बलियो हुने बताएकी छिन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले नवौँ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘सहमति, सहकार्य र एकताका महान् अभियान्ता गिरिजाबाबु’ विषयको विचार गोष्ठीमा कांग्रेस बलियो बनाउन पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने बताइन् ।
मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको उल्लेख गर्दै कांग्रेसको मात्र नभई मुलुककै नेता भएको उल्लेख गरिन् । शान्ति र मुलुकको समग्र विकासका लागि गिरिजाबाबुको नाममा स्थापना भएको फाउण्डेशनमा सबै पार्टीका नेता तथा कार्यकर्ता आबद्ध हुनसक्ने भनाइ थियो ।
केन्द्रीय सदस्य शेखर कोइरालाले सहमति, सहकार्य र एकतामा विश्वास राख्ने गिरिजाबाबुकै पार्टी कांग्रेसभित्र उक्त अभ्यास हुन नसकेको बताए । गिरिजाबाबुको योगदानलाई कांग्रेसले नै बिर्संदै गएको भन्दै पार्टीलाई ऊर्जाशील बनाउन तोकिएकै समयमा पार्टीको १४ औँ महाधिवेशन गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य गगनकुमार थापाले हिंसाको दलदलमा फसेको मुलुकलाई हिंसामुक्त बनाएर शान्तिको बाटोमा ल्याउन गिरिजाबाबुको ठूलो योगदान स्मरण गरे । गिरिजाबाबुले भनेजस्तै पार्टीभित्र सहमति, सहकार्य र एकताको खाँचो भएको बताए ।
प्रतिक्रिया