बयासी वर्षीय बुदेले पाए नागरिकता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
बयासी वर्षीय बुदेले पाए नागरिकता

सारांश

  • बडीमालिका, १२ चैत  बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाउनुभएको छ ।
  • उहाँलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिनुभयो ।
  • नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सक्नुभएको थिएन ।

बडीमालिका, १२ चैत  बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाउनुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिनुभयो ।

नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सक्नुभएको थिएन । त्यो सँगै नागरिकतासँग सम्बन्धित अन्य काम पनि रोकिएका थिए । वृद्धावस्थामा नागरिकता पाउँदा बोहरा मात्र होइन उहाँका आफन्तले समेत खुशी व्यक्त गरेका छन् । विवाह नगरेर भाइ र आफन्तको सहयोगमा बस्नुभएका बोहरालाई नागरिकता बनाउनु पर्छ भन्ने थाहा नै नभएको उहाँले बताउनुभयो । शिविर बस्ने थाहा पाएपछि उहाँकी भतिजी नाता पर्ने विमला बोहराले गाउँपालिकाको कार्यालयमा ल्याएर नागरिकता लिन सहयोग गरेको बिमला बोहराले बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य सांसद लालबहादुर थापा र प्रमुख जिल्ला अधिकारी चेतराज बरालले संयुक्तरूपमा हस्तान्त्रण गर्नुभएको थियो । नागरिकतासम्बन्धी शिविरको आयोजना गरेपछि अन्य धेरैले नागरिकता लिन सहयोग मिल्ने गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाले बताउनुभयो । शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामवली, भेटेनरी शाखाले पशुसम्बन्धी निःशुल्क सेवा दिने आयोजकले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले यो आर्थिक वर्षमा खप्तड छेडेदह गाउँपालिका, बुढीगङ्गा नगरपालिका, बुढीनन्दा नगरपालिका र गौमूल गाउँपालिकामा शिविर सञ्चालन गरेर शिविरबाट दुई हजार ६०० बढीलाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभएको छ । गाउँपालिकामा सञ्चालन भएका शिबिरबाट महिला वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिले सहजरूपमा सेवा पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?