आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
५२ पटक हेरिएको
Shares
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास

सारांश

  • काठमाडौं।
  • आइपिएलको गएराती भएको खेलमा मुम्बइ इण्डियसको तर्फबाट खेलिरहेका वेष्ट इण्डिजका बलर अल्जारी जोसेफको प्रदर्शन शानदार रह्यो ।
  • उनको दमदार बलिङको मद्दतमा मुम्बइ इण्डियन्सले १३७ रनको सामान्य लक्ष्य पनि डिफेण्ड गर्यो र सनराइजर्स हैदराबादलाई ४० रले हरायो ।
काठमाडौं। आइपिएलको गएराती भएको खेलमा मुम्बइ इण्डियसको तर्फबाट खेलिरहेका वेष्ट इण्डिजका बलर अल्जारी जोसेफको प्रदर्शन शानदार रह्यो । उनको दमदार बलिङको मद्दतमा मुम्बइ इण्डियन्सले १३७ रनको सामान्य लक्ष्य पनि डिफेण्ड गर्यो र सनराइजर्स हैदराबादलाई ४० रले हरायो । अल्जारी जोसेफले यतिसम्म खतरनाक बलिङ गरे कि उनको बलिङको अगाडि सनराइजर्स हैदराबादको ब्याटिङ लाइन एकैछनमा धराशायी भयो र ९६ रनमै अलआउट भयो । 
जोसेफले आइपिएल इतिहासकै सबैभन्दा ठूलो रेकर्ड समेत तोडे । उनले आइपिएलमा अहिलेसम्म कुनै पनि बलरको सबैभन्दा उत्कृष्ट इनिङको रेकर्ड तोडे । हिजोसम्म सबैभन्दा उत्कृष्ट इनिङको रेकर्ड पाकिस्तानी बलर सोहेल तनवीरको नाममा थियो । उनले पहिलो आइपिएल २००८ मा राजस्थान रोयल्सको तर्फबाट खेल्दा चेन्नइ सुपरकिंग्सविरुद्ध जयपुरको मैदानमा १४ रन दिएर ६ विकेट लिँदै यो रेकर्ड बनाएका थिए । हिजो जोसेफले मात्रै १२ रन दिएर ६ विकेट लिँदै तनवीरको ११ वर्ष पुरानो रेकर्ड तोड्दै रेकर्डमा आफ्नो नाम लेखाए ।
अल्जारी जोसेफले पूरै ४ ओभर बलिङ पनि गर्नु परेन । उनले मात्रै ३.४ ओभरमा सनराइजर्सको ब्याटिङ लाइन ध्वस्त पारिदिए । यतिमात्र होइन उनले आइपिएल करिअरको पहिलो बलमै विकेट लिए, त्यो पनि यस वर्षको आइपिएलमा सबैभन्दा खतरनाक ब्याटिङ गर्दै सर्वाधिक रन बनाएका ब्याट्सम्यान डेभिड वार्नरको । यससँगै अल्जारी आइपिएल डेब्यूको पहिलो बलमै विकेट लिने १३ औं खेलाडी समेत बने । 
जोसेफले आइपिएल करिअरको पहिलो बलमै डेभिड वार्नरजस्ता खतरनाक ब्याट्सम्यानलाई बोल्ड गरेका थिए तर उनले पहिलो विकेटको खेसी मनाएनन् । म्यान अफ द म्याचको उपाधि जितेका उनले पुरस्कार लिँदै भने ‘मलाई थाहा थियो कि हामीसँग जित्ने मौका थियो र म त्यसैमा ध्यान केन्द्रित गरिरहेको थिएँ । यही कारण मैले वार्नरको रुपमा आइपिएलको पहिलो विकेटको खुसी मनाइन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
० पटक हेरिएको

यो पनि पढौँ

पुस २१ गते मंगलवारको राशिफल यस्तो छ
पुस २१ गते मंगलवारको राशिफल यस्तो छ
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई

प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर, स्थानीय तहमा सार्वजनिक विदा

काठमाडौँमा आजसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए
दीपक मनाङ्गे एमालेका ‘बागी उम्मेदवार’ !
दीपक मनाङ्गे एमालेका ‘बागी उम्मेदवार’ !
चौबिस घण्टामा विश्वमा थपिए करिव ८ लाख कोरोनाका नयाँ संक्रमित, १६ सय २७ जनाकाृ मृत्यु
अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा

आज ३१ सय १४ कोरोना संक्रमित थप
अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने