शान्ति विरोधी विखण्डनकारीलाई निस्तेज पार्ने : गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
शान्ति विरोधी विखण्डनकारीलाई निस्तेज पार्ने : गृहमन्त्री

सारांश

  • मकवानपुर ।
  • गृहमन्त्री रामबहादुर थापाले ३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा देश र नागरिकलाई समृद्धिको शिखरतर्फ पुर्याकउने जनप्रतिनिधिहरुको जिम्मेवारी पुरा गर्न समाजमा शान्ति स्थापना, अमनचयन र स्थायित्व हुनुपर्ने बताएका छन् ।
  • विकास र समृद्धिका लागि आर्थिक एवम् औद्योगिक क्रान्ति आवश्यक रहेको चर्चा गर्दै राष्ट्रिय पूँजीको संरक्षण विकास र परिचालनबाट नै विकास सम्भव हुने बताए ।

मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले ३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा देश र नागरिकलाई समृद्धिको शिखरतर्फ पुर्याकउने जनप्रतिनिधिहरुको जिम्मेवारी पुरा गर्न समाजमा शान्ति स्थापना, अमनचयन र स्थायित्व हुनुपर्ने बताएका छन् ।

विकास र समृद्धिका लागि आर्थिक एवम् औद्योगिक क्रान्ति आवश्यक रहेको चर्चा गर्दै राष्ट्रिय पूँजीको संरक्षण विकास र परिचालनबाट नै विकास सम्भव हुने बताए ।

भ्रष्टाचार, विकृति, विसंगतिलाई निर्मूल गरे मात्र शान्ति स्थापना गर्न सहज भई विकास सम्भव हुने उल्लेख गर्दै गृहमन्त्री थापाले शान्ति विरोधी विखण्डनकारीहरुलाई निश्तेज पार्न नागरिकलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिए ।

संघीयता कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा केही अन्योलता आएको चर्चा गर्दै गृहमन्त्री थापाले सबै समस्या विस्तारै समाधान हुने विश्वास व्यक्त गरे । सुशासन, शान्ति सुरक्षा र सुरक्षा निकायमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले समयसापेक्ष र समस्याको गहिराईबाट बुझ्न सके सुरक्षा चुनौतिको सामना गर्न सकिने चर्चा गरे । आपसी समन्वयबाट नैशान्ति सुरक्षा कायम गर्न सकिने दाबी गरे ।

भौतिक संरचना, साधनस्रोत र जनशक्ति व्यवस्थापन गर्न प्रहरीलाई बलियो बनाए मात्र आफ्नो कार्य सहज र सरल तरिकाले गर्न सक्ने विचार व्यक्त गरे ।
गृहसचिव प्रेमकुमार राईले राज्य संचालन संक्रमणकालीन अवस्थामा रहेको चर्चा गर्दै देखिएका कमी कमजोरीलाई निराकरण गर्न प्रभावकारी व्यवस्थापन र समन्वयको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?