बलिउडबाट नेपाली सिने क्षेत्रमा आफ्नो भबिष्य कोर्दै मोडल गीता बर्मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बलिउडबाट नेपाली सिने क्षेत्रमा आफ्नो भबिष्य कोर्दै मोडल गीता बर्मा

सारांश

  • काठमाडौँ।
  • भारतको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौँलाई कर्मथलो बनाउँदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन्।
  • धेरै नेपाली कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउँदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन् ।

काठमाडौँ। भारतको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौँलाई कर्मथलो बनाउँदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन्। धेरै नेपाली कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउँदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन् ।

उनले २ वटा नेपाली म्युजिक भिडियो र केही सर्ट मुभीमा समेत अभिनय गरिसकेकी छिन्। भारतमा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केहि म्युजिक भिडियोमा कुशल अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोच लिएर अगाडि बढिरहेकी छिन् ।

सानै उमेर देखि नेपाली मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने गीता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन्। गीताले भनिन्, ’अब नेपाली चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?