भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
सारांश
- सलमान खानको फिल्म भारतले ईदको मौकामा बम्पर ओपनिङ गरेको छ ।
- भारतले पहिलो दिन नै ४२।
- ३ करोड भारु कमाई गरेको भारतीय संचार माध्यमले बताएका छन् ।
सलमान खानको फिल्म भारतले ईदको मौकामा बम्पर ओपनिङ गरेको छ । भारतले पहिलो दिन नै ४२।३ करोड भारु कमाई गरेको भारतीय संचार माध्यमले बताएका छन् ।पछिल्ला केही वर्षदेखि इदको मौकालाई ब्लकबस्टर फिल्मको कन्सेप्टमा परिवर्तन गर्ने सलमानले अर्को वर्षको ईदको पनि तयारी गरिसकेका छन् । संजय लीला भंसालीको पहिलो फिल्ममा देखिएका सलमान खान अब उनको पछिल्लो फिल्ममा देखिनेछन् । आलिया भट्ट र सलमान स्टारर यो फिल्म अर्को वर्षको इदमा रिलिज हुने बताइएको छ ।
Sanjay Leela Bhansali's Inshallah starring Salman Khan & Alia Bhatt to release Eid 2020#Eid2020#Inshallah #SLB @BeingSalmanKhan @aliaa08 @SKFilmsOfficial @prerna982
— Komal Nahta (@KomalNahta) June 6, 2019
यो फिल्मसँगै सलमान र संजय लीला भंसाली २० वर्षपछि सँगै काम गर्दैछन् । यसअघि यी दुईले ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । सन् १९९९ मा रिलिज भएको यो ब्लकबस्टर फिल्ममा सलमानबाहेक ऐश्वर्या राय र अजय देवगनको पनि महत्वपूर्ण भूमिका थियो ।
प्रतिक्रिया