सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे

सारांश

  • युवतीमाथि कथित रुपमा ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्की रहेका छन् ।
  • महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले उनलाई गएराती महाराजगञ्जबाटै पक्राउ गरेको हो ।

युवतीमाथि कथित रुपमा ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्की रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले उनलाई गएराती महाराजगञ्जबाटै पक्राउ गरेको हो ।

उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि तिखो बस्तुले हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । परिसरले शुक्रबार कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप घर भएका उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कार्कीले सुई नभएर काठको सुइरो र ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् । केटीप्रतिको आकर्षणले आफूले यस्तो गर्ने गरेको उनको भनाई छ । बाटोमा युवतीहरुलाई एक्लै देखे उनले आक्रमण गर्ने गरेका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । त्यही मोटरसाइकलमा महाराजगञ्जबाट नैकापस्थित घर फर्कर्ने क्रममा उनले बाटोमा युवतीहरुमाथि आक्रमण गर्ने गरेका थिए । आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

उनी पाँच वर्ष साउदी अरबमा बसेको पनि खुलेको छ । उनी मानसिक रोगी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा सदन अवरोध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा सदन अवरोध
काठमाडौबाट अब पटना, बोधगया सिधा यातायात सुचारू
काठमाडौबाट अब पटना, बोधगया सिधा यातायात सुचारू
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
आज विदेशी मुद्राकाे विनिमय दर कति छ ?
आज विदेशी मुद्राकाे विनिमय दर कति छ ?
नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद, विदेशी चलखेलको आरोप
नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद, विदेशी चलखेलको आरोप
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित
कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित
शान्ति विरोधी विखण्डनकारीलाई निस्तेज पार्ने : गृहमन्त्री
शान्ति विरोधी विखण्डनकारीलाई निस्तेज पार्ने : गृहमन्त्री
प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल
प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल