एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी

सारांश

  • २४ असार, काठमाडौं ।
  • राजपा नेपालका एक शीर्ष नेताले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छाड्ने चेतावनी दिएका छन् ।
  • राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद छाड्ने चेतावनी दिएका हुन् ।

२४ असार, काठमाडौं । राजपा नेपालका एक शीर्ष नेताले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छाड्ने चेतावनी दिएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद छाड्ने चेतावनी दिएका हुन् ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कार नेता यादवले सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएको बताए । आफूहरु पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र पनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं ।’

संविधान संशोधन हुन नसके १२ महिनासम्म सत्तारुढ गठबन्धनसाग गरेको वार्ता निरर्थक हुने उनले बताए । उनले भने, ‘सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु ? त्यसैले हामी सरकारबाट बाहिरिन्छौं ।’

संसदमा दर्ता भएको संशोधन प्रस्ताव सहमतिको दस्तावेज भएकोपछि एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताए । उनले भने, ‘पहिलो पटक संशोधन गर्दा पनि एमालेले खासै रुचाएको थिएन तर, राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणको लागि उसले बाध्य भएर पास गरेको हो ।’

राजपाका नेता यादवले एमालेभित्र मधेसी र जनजाति नभएको समेत आरोप लगाए । उनले भने, ‘एमालेभित्र मधेी र जनजाति भएको भए उनीहरुको पक्षमा बोलिहाल्थे नि, खोई बोलेको नि ?’

एमाले नेता सत्यनारायण मण्डलले आफूहरु संशोधनको पक्षमा रहेको तर, अन्तरवस्तुमा सहमति भए मात्र पारित गर्न सघाउन बताए । उनले भने, ‘एमाले संशोधनको बाधक होइन, हामी संविधान संशोधन प्रस्तावको अन्र्तवस्तुमा नयाा सहमति भए प्रस्तावको पक्षमा मतदान गर्न तयार छौं ।’

सत्तारुढ कांग्रेसका सांसद महेन्द्र यादवले संविधान संशोधन एक हप्ताभित्र पास गराउने सरकारसाग पर्याप्त आधार रहेको स्पष्ट पारेका छन् । यादवले भने,’प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ, उहााले संशोधन प्रस्ताव पारित गर्नुहुन्छ, पास गराउने प्रक्रिया सुरु भइसकेको छ ।’

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सकेसम्म एमालेको समर्थनमा नभए दुई तिहाईलेसंशोधन प्रस्ताव पारित हुने दाबी गरे ।
उनले एमालेकै कारण राजनीति अनिर्णयको बन्दी बनेको आरोप लगाए । साथै संविधान संशोधनमा मेरो गोरुको बाह्रै टक्का भनेर अडान नलिन पनि राजपालाई आग्रह गरे । उनले भने, ‘तपाईहरुले भनेको हुबहु कुराहरु अहिले नै पूरा हुन्छन् भन्ने छैन, त्यसैले तपाईहरुपनि लचक हुनुपर्छ ।’

कार्यक्रममा राप्रपाका नेता दिलनाथ गिरीले संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको बताए । यद्यपि कांग्रेस, एमाले र माओवादीवीच संशोधनमा सहमति खोज्न सुझाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण
चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा
भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि सेवा विकेन्द्रीकरणको तयारी
भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि सेवा विकेन्द्रीकरणको तयारी
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
आलिया भट्टले यो फोटो शेयर गर्दा फेरी बिरोध सुरु
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
पोखरामा भोली र्अथात  शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
पोखरामा भोली र्अथात शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
आग्लो प्रहार गरी श्रीमतीको हत्या
आग्लो प्रहार गरी श्रीमतीको हत्या