तीज गीतमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- नायिका वर्षा राउत र वर्षा सिवोकाटी अभिनिति एक तिज गीतको भिडियो सार्वजनिक भएको छ ।
- ‘अहिलेको तीजैमा नाचौ छमछम’ बोलको यस गीतमा दुर्इ बर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन् ।
काठमाडौं । नायिका वर्षा राउत र वर्षा सिवोकाटी अभिनिति एक तिज गीतको भिडियो सार्वजनिक भएको छ ।
‘अहिलेको तीजैमा नाचौ छमछम’ बोलको यस गीतमा दुर्इ बर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन् ।
म्यूजिक भिडियोको निर्देशक तथा संचारकर्मी सुव्रत आचार्य हुन् भने राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको यो गीतमा गायिका सिन्धु मल्लको आवाज छ ।
अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । दुइ बर्षाले पनि एकसाथ काम गर्न पाउँदा खुशी लागेको बताए ।
चलचित्र क्षेत्रमा नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीको राम्रै चर्चा छ । यी दुइविच शितयुद्ध चलिरहेको छ भन्ने खालका समाचार पनि सार्वजनिक नभएका होइनन् । तर, यी दुइ अहिले आफूहरु मिल्ने साथी भएको बताउँछन् ।
प्रतिक्रिया