नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
५१ पटक हेरिएको
Shares
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी छ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्। बिहीबारका लागि बोलाईएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको थियो। शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक बिहान ११ बजेका लागि सारिएको हो। बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कूल विभागको जिम्मेवारी तोक्ने छलफल हुने बताइएको छ। स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?