किन बढ्यो करिष्मा मानन्धरको टेन्सन

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
किन बढ्यो करिष्मा मानन्धरको टेन्सन

सारांश

  • अभिनेत्री करिश्मा मानन्धर यतिवेला टेन्शनमा छिन् ।
  • राजनीतिमा समेत सक्रिय रहेकी नायिका मानन्धर टेन्शनमा हुनुको कारण भने टिभी प्रस्तोता रवि लामिछानेको प्रहरी हिरासत प्रकरण रहेको छ ।
  • रवि लामिछाने पक्राउ परेसँगै उनले आफ्नो फेसबुक सामाजिक सञ्जालमा खुलेरै रविको विरोध गरिन् ।

अभिनेत्री करिश्मा मानन्धर यतिवेला टेन्शनमा छिन् । राजनीतिमा समेत सक्रिय रहेकी नायिका मानन्धर टेन्शनमा हुनुको कारण भने टिभी प्रस्तोता रवि लामिछानेको प्रहरी हिरासत प्रकरण रहेको छ ।

रवि लामिछाने पक्राउ परेसँगै उनले आफ्नो फेसबुक सामाजिक सञ्जालमा खुलेरै रविको विरोध गरिन् । उनले मुलुकमा प्रहरी प्रशासन, अदालत र संविधान भएकोले भीडले न्याय नदिने आशयको अभिव्यक्ति दिँदै रविको पक्षमा उर्लिएको जुलुश प्रदर्शनमाथि गम्भिर टिप्पणी गरेकी थिईन् ।

करिश्माले रवि लामिछानेको नाम नलिईकन फेसबुकमा सनसनीपूर्ण ‘स्टाटस’ लेखेकी थिइन, “राज्यको तवरबाट हुनुपर्ने कामकाज निजीतरबाट हुनु खतरानाक हुन्छ । नत्र किन चाहियो पार्लियामेन्ट, कन्स्टिच्यूसन, राज्य संयन्त्र रु यत्रो तिरो तिरिरहेका छौं । तपाईहरुले नैतिकता नगुमाएको भए यो समस्या आउने नै थिएन । अब गंगाले हात धुनेले आँट गरे । पहिल्यै भनेको थिएँ यस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र सम्बन्धित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार रु अब भोग्नुस भेडाहरुको कोलाहल । सत्य तितो हुन्छ ।”

शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । लामिछानेको पक्ष र विपक्षमा अहिले जुलुश तथा प्रदर्शनी भैरहेका छन् । उनी समर्थकहरुले तत्काल रिहाईको माग गरेका छन् । रविलाई यो केशमा फसाईएको उनी समर्थकहरुको दाबी छ । चितवनमा लामिछाने समर्थक र प्रहरीबीच झडप पनि भैरहेको छ ।

उनले फेसबूकमा ‘भेडाहरुको कोलाहल’ भनेर रवि लामिछानेका समर्थकलाई इंगित गरेपछि समर्थकले उनको चर्को विरोध गरेका थिए । विवादमा तानिएपछि उनले पुनः अर्को स्टाटस लेख्दै आफूले जनतालाई भेडा नभनेको स्पष्टीकरण दिएकी थिईन् ।

रवि र उनीबीच सम्बन्धलाई लिएर बेला–बेलामा चर्चा तथा परिचर्चा हुने गरेका छन् । करिश्मा यतिवेला रविको विपक्षको खुलेर लागेकी छिन् । उनले आफ्नो परिवारका सदस्यहरुसँगको कुराकानीमा पनि न्यायलयलाई चूनौति दिने मान्छेको पक्षमा आफू कहिल्यैपनि नहुने बताएको स्रोतको दाबी छ ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…
जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…
निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’
निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’
राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम
मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
ब्लडमनी बुझाउन नसक्दा एक नेपालीले मृत्यु कुर्दै
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
राजधानीमा सभ्य बन्दै फागु पूर्णिमा पर्व
राजधानीमा सभ्य बन्दै फागु पूर्णिमा पर्व

तपाईंले छुटाउनुभयो कि?