भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
  • सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताउनुभयो ।
  • उहाँले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो उहाँले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताउनुभयो ।उहाँले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो उहाँले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताउनुभयो ।

उहाँले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको बताउनुभयो । कर्मचारीका हकहितमा सरकारले काम गरिरहेकाले सरकारको समृद्धिको यात्रालाई सफल बनाउने मुख्य काम कर्मचारीको भएको बताउनुभयो ।देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उहाँले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताउनु भयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उहाँको भनाइ थियो ।उहाँले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरीबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल
सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल
आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना
आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
नयाँ प्रविधियुक्त संचार तालिम मंगलबार निर्देशनालयमा आयोजित एक समारोहबीच सम्पन्न
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
आईजीपीका लागि खनाल एक्ला दाबेदार, दौडधुप सुरु
आईजीपीका लागि खनाल एक्ला दाबेदार, दौडधुप सुरु
डा गोविन्द केसीले ताेड्ने भए अनशन

तपाईंले छुटाउनुभयो कि?