प्रचण्डको दाँत फुस्काइयो
सारांश
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँत निकालिएको छ ।
- उनको दातले निकै लामो समयदेखि समस्या दिएपछि बुधबार निकालिएको हो ।
- पछिल्ला दिनमा उनलाई दाँत दुख्ने समस्याले निकै सताइरहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँत निकालिएको छ । उनको दातले निकै लामो समयदेखि समस्या दिएपछि बुधबार निकालिएको हो । पछिल्ला दिनमा उनलाई दाँत दुख्ने समस्याले निकै सताइरहेको थियो । दाँतको दुखाई सहनै नसक्ने भएपछि दाहालले मेडिसिटी अस्पताल पुगेर दाँत निकालेका हुन् ।
दाहाललाई दाँत निकाल्न डा. सुमित साहले सुझाव दिएका थिए । डा. साहको सुझान अनुसार दाहाल अस्पताल भर्ना भएर बुधबार दाँत निकालेका हुन् । दाहालले बंगरातर्फको दुख्ने दाँत निकालेको उनको सचिवालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया