धनुषामा बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २, २०७६
|
|
५६ पटक हेरिएको
Shares
धनुषामा बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास

सारांश

  • एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।
  • सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो ।
  • बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावाससहितको सजाय सुनाएको हो ।

एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो ।

बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावाससहितको सजाय सुनाएको हो । झण्डै एक वर्षअघि विसं २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले रु १० को प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेलगत्तै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !
सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !
पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता
पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता
जब श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरे…
जब श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरे…
एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
सुन र पैसाको लोभमा आमाको हत्या
सुन र पैसाको लोभमा आमाको हत्या
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत
कांग्रेसमा बिद्रोह हुने संकेत : एमालेलाई सोझाको साथ दैब हुदैछ भक्तपुरमा पुर्व मन्त्री – बस्नेत