भव्यताका साथ मनाइयो संविधान दिवस
सारांश
- देशभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइएको छ ।
- संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गरिन् ।
देशभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गरिन् ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया