स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी
सारांश
- नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् ।
- उच्च सुरक्षाका साथ सीको कारगेड सवारी होटल सोल्टीबाट त्रिभूवन विमानस्थलतर्फ भएको थियो ।
- सीको बिदाईका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका थिए ।
नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् । उच्च सुरक्षाका साथ सीको कारगेड सवारी होटल सोल्टीबाट त्रिभूवन विमानस्थलतर्फ भएको थियो । सीको बिदाईका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका थिए ।
हिजो नेपाल अवतरण हुँदा पनि चिनियाँ राष्ट्रपतिको स्वागतमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विमानस्थल पुगेका थिए । २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय भ्रमणलाई उच्च प्राथमिकता दिँदै विशेष सम्मानका नेपाल सरकारले बिदाई गरेको छ ।
शनिबार अपरान्ह भारत हुँदै नेपाल आइपुगेका चिनियाँ राष्ट्रपतिले आज विहानैदेखि उच्चस्तरीय भेटवार्तालाई तिव्रता दिएका थिए । नेकपा र नेपाली कांग्रेका शिर्ष नेताहरुको भेटवार्ता पछि चीनका राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको वार्तामा वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।
वार्ता समाप्त भएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया