ओली उपेन्द्रका बोलचाल बन्द, सरकार छाड्ने समाजवादीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
१९ पटक हेरिएको
Shares
ओली उपेन्द्रका बोलचाल बन्द, सरकार छाड्ने समाजवादीको चेतावनी

सारांश

  • पटक–पटक सरकार छाड्ने घुर्की देखाइरहेको समाजबादी पार्टी नेपाल प्रदेश प्रमुख हेरफेरको विषयलाई लिएर पुन सरकारसंग असन्तुष्ट बनेको छ ।
  • आफूसँगको सहमति विनै प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ती गरिएको भन्दै उसले पुन सरकार छाड्ने चेतावनी दिएको छ ।
  • यसअघि सो दलले संविधान संशोधनको मुद्धा उठाउदै आएको थियो ।

पटक–पटक सरकार छाड्ने घुर्की देखाइरहेको समाजबादी पार्टी नेपाल प्रदेश प्रमुख हेरफेरको विषयलाई लिएर पुन सरकारसंग असन्तुष्ट बनेको छ । आफूसँगको सहमति विनै प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ती गरिएको भन्दै उसले पुन सरकार छाड्ने चेतावनी दिएको छ । यसअघि सो दलले संविधान संशोधनको मुद्धा उठाउदै आएको थियो । गठबन्धन सरकार हँुंदा पनि सरकारले बहुमतको दम्भ देखाएर एकलौटि निर्णय गरेको उसको पछिल्लो गुनासो छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री केपी ओलीबीच त यही विषयले बोलचाल नै बन्द भएको चर्चा चलेको छ । यसअघि संविधान संशोधनको माग पुरा नगरेको भन्दै असन्तुष्टि राख्दै आएको सो दल अहिले प्रदेश प्रमुख हेरफेपछि पुन बिच्किएको हो । सात वटै प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गर्दा समेत कुनै परामर्श नगर्नु तथा जानकारी समेत नगराउनु आफूमाथि अपमान गरिएको सो दलका नेताहरुको बुझाई छ । गठबन्धन सरकार हँुंदा पनि सरकारले बहुमतको दम्भ देखाएर एकलौटि निर्णय गर्ने कामलाई नरोकेपछि आफुहरु सरकारमा बस्नुको औचित्य समाप्त भएको नेताहरुको प्रतिकृया छ ।

त्यसो त संविधान संशोधनको माग राख्दै असन्तुष्टि पनि जनाउने, संविधान दिवस पनि नमनाउने तर सरकारमा बस्ने भन्दै समाजबादी पार्टी पहिल्यैदेखि आलोचित छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारको उपप्रधान एव्म स्वास्थ्य तथा जनसंख्यामन्त्री हुन । दोहोरो चरित्र देखाएको भन्दै सरकार छाड्न पार्टीकै नेताहरुबाट उनले दवाव खेप्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसंग एकतापछि सरकारमा बस्ने कि बाहिरने भन्ने विषयमा पार्टी्भित्रै विवाद देखिदैगर्दा प्रदेश प्रमुख हेरफेरको विषयले सो पार्टीमा पार्टी छाड्नुपर्ने मतको पल्लाभारी देखिएको छ ।

अर्का अध्यक्ष डा.बाबुराम भट्टराईसहित महामन्त्री रामशायप्रसाद यादव, महामन्त्री गंगानारायण श्रेष्ठसहितका नेताहरुले माग पुरा गराउनको सरकारमा बस्नुको औचित्य समाप्त भएको बताएका छन् । तर उपप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष यादव तत्काल सरकार छोड््ने पक्षमा छैनन् ।

यादव त्यस्ता नेता हुन, उनी पार्टी सिद्धान्तलाई तिलान्जली दिएरै भए पनि, सधै सक्ता र शक्तिमा बस्न रुचाउने व्यक्ति हुन् । सोही कारण पार्टीका अधिकाँश नेताहरुले सरकार छाड्न दवाव दिईरहदा पनि उनी मौन छन् । कात्तिक २८ गते संघीय परिषद र कात्तिक २९–३० गते केन्द्रीय समिति बैठकमा भने यादव ईतर पक्षले सरकारबाट बाहिरिने वा रहिरहने भन्ने विषयलाई चर्काउने भएका छन् ।

अर्को्तिर राष्ट्रिय जनता पार्टी राजपासँग पार्टी एकता गर्ने भनिए पनि समाजवादी पार्टी सरकारमै रहेकाले यो एजेण्डा थाति छ । उसले एकताका लागि समाजवादीसंग सरकारबाट बाहिरिनुपर्ने शर्त राखेको छ । जसले गर्दा पनि समाजवादीलाई अव सरकारमा बस्ने वा सरकार छोडेर राजपासंग एकता गर्ने भन्ने विषयमा नेताहरु केन्द्रित हुन थालेका छन । राजपाको त्यो शर्तले समाजवादीलाई सरकारबाट बाहिरिन दबाब पुगेको छ ।

(sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम
प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम
अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’
अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’
झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन
झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन
सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ
सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ
विमान दुर्घटनापछि हवाई यात्रु घटे
विमान दुर्घटनापछि हवाई यात्रु घटे
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई प्रशिक्षण !
दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई प्रशिक्षण !

तपाईंले छुटाउनुभयो कि?