धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

सारांश

  • धरान ।
  • शनिबार सम्पन्न धरान उपमहानगरपालिकाको उप–चुनावमा नेपाल कम्युनिस्ट पार्टी नेकपालाई नेपाली कांग्रेसले थोरै मतान्तरले पछाडि पारेको छ ।
  • जारी मत गणनाको पछिल्लो परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४ सय ३४ मतले पछाडि पारेका छन्।

धरान । शनिबार सम्पन्न धरान उपमहानगरपालिकाको उप–चुनावमा नेपाल कम्युनिस्ट पार्टी नेकपालाई नेपाली कांग्रेसले थोरै मतान्तरले पछाडि पारेको छ ।

जारी मत गणनाको पछिल्लो परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४ सय ३४ मतले पछाडि पारेका छन्।

अहिलेसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८ सय ५७ मत पाएको छ । नेकपाले ६ हजार ४ सय २३ मत ल्याएको छ ।

वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २ हजार ३ सय४० र नेकपालाई १ हजार ८ सय ४९ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राईले विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?