चिसोले झापाको जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
चिसोले झापाको जनजीवन प्रभावित

सारांश

  • पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ ।
  • बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम भएको छ ।
  • आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो ।

पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम भएको छ ।

आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो । नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णकुमार चुँडालले दृश्य क्षमता न्यून भएका कारण काठमाडौँबाट भद्रपुरसम्मको सबै उडान रद्द गरेको बताउनुभयो । ‘आजको दृश्य क्षमता ५०० मात्र छ, विमानस्थलमा दुई हजार २०० दृश्य क्षमता नभई यहाँ विमान बस्न सक्दैन उहाँले भन्नुभयो, “बेलुकातिर आउँछ कि अहिले भन्न सकिँदैन ।”

बुद्ध एयर, यतिलगायतका विमान नियमित आइरहे पनि सात दिनदेखि सौर्य एयरलायन्सले भद्रपुरका सबै उडान स्थगित गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सबै इलाका प्रहरी कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरेर सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रहरीले झापाको राजगढ, मेचीनगर, भद्रपुर, गौरीगञ्ज, विर्तामोडलगायत विभिन्न तीन दर्जन स्थानमा काठको मुडा सडक किनारमा बालेर आगो ताप्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो । काठको मुडा स्थानीय सामुदायिक वनको सहयोगमा जुटाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
दाङका तीनैवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता
दाङका तीनैवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता
फेरि देउवालाइ भयाे धाेका !
फेरि देउवालाइ भयाे धाेका !
रवि लामिछानेलाई संसदीय दलकाे नेता चयन गर्न रास्वपाको सिफारिस
रवि लामिछानेलाई संसदीय दलकाे नेता चयन गर्न रास्वपाको सिफारिस
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा
अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा
सेक्स आनन्द लिन अपनाउनुहोस् यस्ता आशन
सेक्स आनन्द लिन अपनाउनुहोस् यस्ता आशन

तपाईंले छुटाउनुभयो कि?