मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी

सारांश

  • एजेन्सी।
  • इराकमा अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा परी ८० जनाको मृत्यु भएको छ।
  • तीमध्ये २० जना अमेरिकी सैनिक रहेको इरानी संचारमाध्यमले दाबी गरेका छन्।

एजेन्सी। इराकमा अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा परी ८० जनाको मृत्यु भएको छ। तीमध्ये २० जना अमेरिकी सैनिक रहेको इरानी संचारमाध्यमले दाबी गरेका छन्। इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्यापछि मंगलबार राति इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा दर्जनौं ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको थियो। उक्त आक्रमणमा ८० जनाको मृत्यु भएको इरानी संचारमाध्यमले दाबी गरेका छन्।

इरानी समाचार एजेन्सी आईएसएनएले ‘आज विहान (इरानी रिभोल्युुशनरी गार्ड) का साहसी लडाकुले ‘ओह जाहरा’ कोडसँगै आतंकवादी अखडा र आक्रामक अमेरिकी फोर्सेज ‘एन अल असद’ मा मिसाइल प्रहार गरेर अपरेशन शहीद सुलेमानीलाई सफलता पूर्वक सम्पन्न गरिएको’ दाबी गरेको छ। एबीसी न्युजसँग एक जना अमेरिकी अधिकारीले उक्त घटनाको पुष्टि गरेका छन्। उनका अनुसार इराकमा केही अमेरिकी सैन्य अखडामा इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेको र जसमा उत्तरी इराकमा एरबिल र पश्चिमी इराकमा अल असद एयर बेशमा आक्रमण भएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार इरानको रिभोल्यूशनरी गाडर््सले अमेरिकी सैन्य अखडामा भएको आक्रमणलाई इरानले ‘शहीद सुलेमानी’ अपरेशनको नाम दिएको छ। यो आक्रमणपछि इरानको एटमी प्लान्टमा सुरक्षा सर्तकता बढाइएको छ। समाचार एजेन्सी इस्नासँग इरानी एक अधिकारीले इरान र अमेरिका दुवै देशमाथि खतरा बढेको बताएका छन्। इरानले यसअघि पनि अमेरिकासहित उसका सहयोगी मुलुकलाई कडा चेतावनी दिँदै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?