प्रहरीकी जागिरे पूर्वप्रेमिकाको हत्या गरी आत्महत्या गर्ने यी प्रहरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
प्रहरीकी जागिरे पूर्वप्रेमिकाको हत्या गरी आत्महत्या गर्ने यी प्रहरी

सारांश

  • एजेन्सी, २६ माघ ।
  • उनले मेट्रो स्टरेशनको बाहिर २६ वर्षीया महिलाको हत्या गरे ।
  • त्यसपछि प्रहरीले अनुसन्धानका लागि खोजी गर्ने क्रममा कारभित्र इञ्जिन खुल्ला राखेको अवस्थामा भेट्यो ।

एजेन्सी, २६ माघ । उनले मेट्रो स्टरेशनको बाहिर २६ वर्षीया महिलाको हत्या गरे । त्यसपछि प्रहरीले अनुसन्धानका लागि खोजी गर्ने क्रममा कारभित्र इञ्जिन खुल्ला राखेको अवस्थामा भेट्यो । कारको ढोका बन्द थियो । निकै मिहेनतका साथ खोल्यो ।

युवक कारको ड्राइभिङ सिटमा बसिरहेका थिए । उनलाई बोलाउँदा बोलेनन् । प्रहरीले रगत समेत देख्यो । जहाँ उनी मृत फेला परेका थिए ।

घटना भारतको नयाँ दिल्लीको रोहिणी क्षेत्रको हो जहाँ २६ वर्षीया सईको उनकै सहकर्मीले गोली हानी हत्या गरी आफूले पनि आत्महत्या गरे । युवकको शव सोनेपतमा फेला परेको थियो । युवकले युवतीलाई पीछा गर्दै मारेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा २६ वर्षीया प्रिती अलावातको हत्यापछि अर्का सई दिपांशु राठीले आत्महत्या गरेको खुलेको छ । दुवैबीच लामो समय प्रेम चलेको र हालसालै टुटेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?