कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिकस चीनपछि कोरिया, इटाली र इरानमा बढी फैलियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिकस चीनपछि कोरिया, इटाली र इरानमा बढी फैलियो

सारांश

  • एजेन्सी, २३ फागुन ।
  • कोरोना भाइरसबाट मर्नेको संख्या मर्नेको संख्या ३२ सय नाघेको छ ।
  • विश्वभर मर्नेको संख्या बढिरहँदा संक्रमण समेत फैलिएको छ ।

एजेन्सी, २३ फागुन । कोरोना भाइरसबाट मर्नेको संख्या मर्नेको संख्या ३२ सय नाघेको छ । विश्वभर मर्नेको संख्या बढिरहँदा संक्रमण समेत फैलिएको छ । चीनपछि सबैभन्दा बढी इरान, इटाली र दक्षिण कोरियामा भाइरस फैलिइरहेको छ ।

इटालीमा १४८ जनाको मृत्यु भइसकेको छ । तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । इरानमा मर्नेको संख्या एक सय कटिसकेको छ । संक्रमित संख्या तीन हजारभन्दा बढी छ ।

दक्षिण कोरियामा ४२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । छ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । चीनमा भन्दा कोरियामा संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । वासिङ्टन र क्यालिफोर्नियामा भाइरसका संक्रमित बढी देखिएका छन् ।

चीनमा तीन हजारभन्दा बढी मानिसको कोरोना भाइरसबाट ज्यान गइसकेको छ । चीनमा मात्र कोरोना भाइरसबाट संक्रमितको संख्या ९० हजार पुगेको छ ।

विश्वका झण्डै एक सय देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । यसले भयावह रुप लिन सक्ने भन्दै विभिन्न देशले रोग नियन्त्रणका लाग अरबौं डलर खर्च गर्ने तयारी गरेका छ । विश्व बैंक र इन्टरनेशनल मनिटरी फन्डले पनि अबौं डलर सहयोगको घोषणा गरिसकेका छन् ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?