क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
२० पटक हेरिएको
Shares
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने

सारांश

  • फागुन २७, काठमाण्डौ ।
  • शक्ति र पैसाकै भरमा लामो समयदेखि कानुनी छिद्रताको फाईदा उठाउदै क्यासिनो सञ्चालकले सरकारलाई बुझाउनु पर्ने रोयल्टी कर बुझाएका छैनन् ।
  • सरकारलाई बुझाउनु पर्ने कर र रोयल्टी बक्यौता चुक्ता गर्न पटकपटक निर्देशन दिएपनि क्यासिनो सञ्चालकहरुले बक्यौता रकम चुक्ता नगरेपछि अब सो बक्यौता कर सम्बन्धित होटलबाटै असुलउपर गर्ने भएको छ ।

फागुन २७, काठमाण्डौ । शक्ति र पैसाकै भरमा लामो समयदेखि कानुनी छिद्रताको फाईदा उठाउदै क्यासिनो सञ्चालकले सरकारलाई बुझाउनु पर्ने रोयल्टी कर बुझाएका छैनन् । सरकारलाई बुझाउनु पर्ने कर र रोयल्टी बक्यौता चुक्ता गर्न पटकपटक निर्देशन दिएपनि क्यासिनो सञ्चालकहरुले बक्यौता रकम चुक्ता नगरेपछि अब सो बक्यौता कर सम्बन्धित होटलबाटै असुलउपर गर्ने भएको छ ।

नेपालका ६ वटा क्यासिनोले पुरानो बक्यौता लामो समयदेखि बुझाएको छैन । लामो समयदेखि सरकारलाई कर र बक्यौता रकम नबुझाएपछि महालेखा नियन्त्रक कार्यालय कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यालयले समेत सूची सार्वजनिक गरेको छ । सरकारले बक्यौता उठाउन नसकेको क्यासिनो रहेका होेटल र त्यसका जिम्मेवार व्यक्तिको नाम समेत सार्वजनिक गर्दै ३५ दिन भित्र सरकारी बक्यौता तिर्न समेत निर्देशन दिएको छ ।

तोकिएको अवधिभित्र समेत बक्यौता तिर्न नगए सम्बन्धित होटलकै जायजेथाबाट लिलामी गरिने समेत कार्यालयले जनाएको छ । होटेल र क्यासिनोतर्फ सरकारले १ अर्ब ५७ करोड रुपैयाँ वक्यौता उठाउन बाँकी रहेको छ । राजस्व रकम नबुझाउने विभिन्न पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिहरु अहिले सरकारको निगरानीमा परेका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ सय २३ वटा कम्पनी÷फार्म तथा व्यक्तिको नामावलीसहित तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिदै कारबाहीकालागि सम्बन्धित निकायमा सिफारीस गरेको छ । काठमाडौंको ताहाचलस्थित सोल्टी होटल, अन्नपूर्ण होटल, हायत रिजेन्सी र एभरेस्ट होटलमा क्यासिनो सञ्चालन गरेको नेपाल रिक्रिएसन सेन्टरले अहिलेसम्म सरकारलाई ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैयाँ बक्यौता तथा त्यसको ब्याजसमेत तिर्न बाँकी रहेको छ । सो क्यासिनोको तत्कालीन सञ्चालक राकेश बाधवा अहिले सम्पर्क्विहीन छन् ।

पियुषबहादुर अमात्य सञ्चालक रहेको पोखरास्थित फूलबारी रिसोर्ट प्रालिले सरकारलाई ३४ करोड रुपैयाँ तिर्नुपर्ने रहेकोे छ । पूmलबारीले ३३ करोड ९३ लाख १५ हजार ७१६ रुपैयाँ बक्यौता र त्यसको ब्याज तिर्न बाँकी छ । राधेश्याम सर्राफ सञ्चालक रहेको काठमाडौंको याक एन्ड यति होटलले १६ करोड ३३ लाख रुपैयाँ बक्यौता तिरेको छैन । महालेखाले याक एन्ड यति होटललाई ३५ दिनभित्र १६ करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ र त्यसमा लाग्ने ब्याजसमेत तिर्न ताकेता गरेको लामो समय वितिसक्दा समेत सो बारे अहिले सम्म कुनै चासो होटले दिएको छैन । तप्तबहादुर विष्ट सञ्चालक रहेको होटल अन्नपूर्णले अहिलेसम्म १६ करोड ८ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।

दिनेशबहादुर विष्ट अध्यक्ष रहेको सोल्टी होटलले ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ राजस्व बुझाउन बाँकी रहेको छ । यसैगरी, मिनी क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले पनि ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ तिर्न बाँकी छ । शक्ति र पैसाको आँडमा रहेका व्यवसायीहरु अहिले कतिपय क्यासिनो तथा त्यसका सञ्चालक सार्वजनिक सूचना जारी भएपछि भागेका छन् । सम्र्पकमा सञ्चालक नआएपछि सरकारले त्यसको दायित्व होटलले बेहोर्नुपर्ने भन्दै होटलको नाममा सूचना प्रकाशन गरेसंगै अहिले होटल सञ्चालकहरु शक्तिकेन्द्र धाउन समेत थालेका छन ।

आर्थिक ऐन २०७६ अनुसार नेपालमा क्यासिनो संचालन गर्न इजाजत पाएका व्यक्ति वा संस्थाले क्यासिनो संचालन गरेवापत सरकारलाई वार्षिक ४ करोड रुपैयाँ रोयल्टी बुझाउनु पर्ने व्यवस्था गरिएको छ । आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने खेलका लागि वार्षिक १ करोड रुपैयाँ रोयल्टी बुझाउनु पर्ने व्यवस्था गरेपनि अधिकाशं क्यासिनोहरुले हाल सम्म सो रकम समेत बुझाएका छैनन् । आर्थिक ऐन अनुसार तोकिएको समय भित्र रोयल्टी नबुझाउने क्यासिनोलाई अवधि नाघेको तीन महिनासम्म रोयल्टीको १५ प्रतिशत थप र सो अवधिभित्र पनि रोयल्टी नबुझाए ३० प्रतिशतका दरले वार्षिक शुल्क जोडिने प्रावधान अनुसार अर्बौ रुपैयाँ कर तथा रोयल्टी सरकारले असुली गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम
यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा
चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा
पप्पु कन्स्ट्रक्सन र नेताहरुसँगको सम्बन्ध हेर्नुस्
पप्पु कन्स्ट्रक्सन र नेताहरुसँगको सम्बन्ध हेर्नुस्
जनतालाई दुखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय
जनतालाई दुखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय
नेपालको एक यस्तो तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरे
नेपालको एक यस्तो तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरे
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की

तपाईंले छुटाउनुभयो कि?