सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय
सारांश
- काठमाडौ, २५ साउन ।
- निरन्तर बढेको सुनको मुल्य आइतबार भने गिरावट आएकोे छ ।
- शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ९ सयले घटेको हो ।
काठमाडौ, २५ साउन । निरन्तर बढेको सुनको मुल्य आइतबार भने गिरावट आएकोे छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ९ सयले घटेको हो ।
आज छापावाल सुनको मुल्य १ लाख २ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मुल्य १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्यमा भने ५ रुपैयाँ प्रतितोला बढेर १४ सय १० रुपैयाँमा पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया