पिसिआर रिपोर्ट नेगेटिभ नआई अस्पतालबाट बिरामी नपठाउन संसदीय समितिको आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १७, २०७७
|
|
२७ पटक हेरिएको
Shares
पिसिआर रिपोर्ट नेगेटिभ नआई अस्पतालबाट बिरामी नपठाउन संसदीय समितिको आग्रह

सारांश

  • मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ ।
  • प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि समुदायस्तरमा रहेका निवृत्त स्वास्थ्यकर्मी, जनस्वास्थ्यविद्, विभिन्न सामाजिक कार्यमा संलग्न सङ्घसंंथालाई समेत परिचालनको प्रभावकारी योजना बनाएर काम गर्न सुझाव दिएको हो ।
  • समितिले कोभिड–१९ को सङ्क्रमित होम आइसोलेशनमा रहने व्यवस्थाले सबै सङ्क्रमितले समयमै स्वास्थ्यकर्मीबाट परीक्षणमा पहुँच र निगरानी तथा अनुगमन सहज नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिएको सभापति शशी श्रेष्ठले जानकारी दिए ।

मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि समुदायस्तरमा रहेका निवृत्त स्वास्थ्यकर्मी, जनस्वास्थ्यविद्, विभिन्न सामाजिक कार्यमा संलग्न सङ्घसंंथालाई समेत परिचालनको प्रभावकारी योजना बनाएर काम गर्न सुझाव दिएको हो ।

समितिले कोभिड–१९ को सङ्क्रमित होम आइसोलेशनमा रहने व्यवस्थाले सबै सङ्क्रमितले समयमै स्वास्थ्यकर्मीबाट परीक्षणमा पहुँच र निगरानी तथा अनुगमन सहज नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिएको सभापति शशी श्रेष्ठले जानकारी दिए । भर्चुअल माध्यमबाट भएको समितिको पछिल्लो बैठकको निर्णयमा भनिएको छ, आवश्यक स्वास्थ्य सुरक्षा सतर्कताबिना नै आफूखुशी बस्दा अन्यलाई सङ्क्रमण सर्ने उच्च जोखिम देखिएकाले होम आइसोलेशनमा बस्न सम्भव नहुनेको सुरक्षित र भरपर्दो स्थानमा उपचार र व्यवस्थापन गर्न सरकारले जिम्मा लिनुपर्छ ।

संयुक्त परिवारमा बस्ने हाम्रो संस्कार, शहरका एकाध घर छाडेर आर्थिक अवस्थाले एउटै कोठामा डेरामा बस्नुपर्ने बाध्यता, त्यसबाट हुनसक्ने सङ्क्रमणको जोखिमको पक्षलाई मनन गरी उपचारको दायित्व राज्यले नै लिनुपर्छ भन्ने समिति सदस्यको मत थियो । यस्ता विषयलाई समयमै सम्बोधन गर्ने नीति नभएमा स्थिति थप भयावह हुन सक्नेतर्फ सचेत रहन सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकारले कोभिड–१९ जोखिमको समयमै आँकलन गरी रोकथाम र नियन्त्रणलाई उच्च प्राथमिकता दिई लिएको लकडाउनसम्बन्धी नीति र हाल अघि बढाइको व्यवस्थापन विधि अरु मुलुकको तुलनामा निकै प्रभावकारी भएको जनाउँदै आएको छ ।

सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने कोभिड–१९ रोकथाम र नियन्त्रणको प्रभावकारी कार्ययोजना नआएको भनी आलोचना गर्दै आएको छ । मुलुकमा नभएर बाहिर पठाउनुपर्ने स्थितिबाट अहिले पिसिआर परीक्षण ४० भन्दाबढी ठाउँमा विस्तार भएको, स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको, ठूलो सङ्ख्यामा बिरामी रहनसक्ने आइसोलेशन र क्वारेन्टिन निर्माण एवं कोभिड–१९ अस्पतालको बन्दोबस्ती तथा आवश्यक भेन्टिलेटरको छोटो समयमै व्यवस्था गरेको कुरालाई प्रतिपक्षले हल्कारुपमा लिन नमिल्ने सरकारको भनाइ छ ।

समितिले कोभिड–१९ को उपचार र व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिई, फेसशिल्ड, पञ्जा, मास्कलगायतका अत्यावश्यक सुरक्षा सामग्री सहज र अनिवार्य उपलब्ध गराउन पनि सरकारलाई निर्देश गरेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
सार्थक परिवर्तनतर्फ उन्मुख प्रदेश नं २ का सरकार
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
यसकारण आज विवाहका लागि साइत चाहिँदैन, विवाह पञ्चमी
यसकारण आज विवाहका लागि साइत चाहिँदैन, विवाह पञ्चमी
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट अर्को सातादेखि पठाइने
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट अर्को सातादेखि पठाइने
दार्चुलामा वाम गठबन्धनका तीनै उम्मेदवारको अग्रता
दार्चुलामा वाम गठबन्धनका तीनै उम्मेदवारको अग्रता
काठमाडौँमा कति कोरोना संक्रमित थपिए शनिवार
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बिपी राजमार्ग दसैंअघि नखुल्ने
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बिपी राजमार्ग दसैंअघि नखुल्ने
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?

तपाईंले छुटाउनुभयो कि?