ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
२० पटक हेरिएको
Shares
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै

सारांश

  • काठमाडौं, २७ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टीको भोलिका लागि तय भएको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी पक्षधरले महत्वपूर्ण प्रस्ताव अगाडि सार्ने भएको छ ।
  • कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरले विगतको सहमति कार्यान्वयनको बिन्दुबाटै अगाडि बढ्ने प्रस्ताव प्रस्तुत गर्ने भएको हो ।

काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको भोलिका लागि तय भएको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी पक्षधरले महत्वपूर्ण प्रस्ताव अगाडि सार्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरले विगतको सहमति कार्यान्वयनको बिन्दुबाटै अगाडि बढ्ने प्रस्ताव प्रस्तुत गर्ने भएको हो ।

विश्वस्त स्रोतका अनुसार सहमतिका लागि हालै गरिएको नयाँ मन्त्री नियुक्ति र राजदूत नियुक्तिको सिफारिश गर्ने निर्णय सच्याउनुपर्ने प्रस्ताव ओलीविरोधी पक्षले राख्दैछ । डा. युवराज खतिवडा, लोकदर्शन रेग्मीलगायतलाई राजदूत नियुक्तिका लागि गरिएको सिफारिश र नयाँ मन्त्री नियुक्तिको निर्णय सच्याउनुपर्ने मुख्य प्रस्तावका अलावा अन्य प्रस्ताव पनि तयार गरिएको छ ।

पार्टीमा छलफल नगरी ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णयहरु गरेको भन्दै प्रचण्डलगायतका नेताहरु असन्तुष्ट छन् । उनीहरुले ओलीलाई हटाउने सम्मको रणनीति तय गरेको विषय चर्चामा छ । प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने स्पष्ट पार्दै आएका छन् ।

ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप प्रचण्डमाथि लगाएका छन् । तर, माधवकुमार नेपालले ओलीसँगको भेटमा पार्टीलाई एकतावद्ध गर्न सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । ओलीले पनि सचिवालय बैठकमा मन्त्रिमण्डल पुर्नगठन गरेर सहमति गर्ने प्रस्ताव ल्याउने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो अचम्मित ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन
यस्तो अचम्मित ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन
बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो
बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मकैबारीमा खेलेका सभामुख महराले उद्घाटन गरे “प्रथम सभामुख कप”
मकैबारीमा खेलेका सभामुख महराले उद्घाटन गरे “प्रथम सभामुख कप”
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?
३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गरिने, याे कम्पनिले पायाे ठेक्का
३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गरिने, याे कम्पनिले पायाे ठेक्का
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या

तपाईंले छुटाउनुभयो कि?