प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २६, २०७७
|
|
२१ पटक हेरिएको
Shares
प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

सारांश

  • प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ ।
  • मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
  • विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिए ।

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिए । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।

अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मङ्गलबारदेखि उडान प्रभावित भएको हो । काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । बाह्र उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाईयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।

अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भएका छन् । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्धएयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीनदिन मौसम खराबी रहे पनि तुलनात्मकरूपमा आज काठमाडौँको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार आज पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।

हल्का वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै देशका केही स्थानमा तुवाँलो लागेको अवस्था छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा अपराह्नतिर मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः पौडेल
बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः पौडेल
Nepal receives Rs 2.1 billion grant from India
Nepal receives Rs 2.1 billion grant from India
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
स्वास्थ्य संस्थामा जीवनजलकै अभाव
स्वास्थ्य संस्थामा जीवनजलकै अभाव
भारतकाे सात हजार एक सय हेक्टर जमिन नेपालको नियन्त्रणमा
भारतकाे सात हजार एक सय हेक्टर जमिन नेपालको नियन्त्रणमा
पेटको बच्चासहित गर्भवतीको मृत्यु
पेटको बच्चासहित गर्भवतीको मृत्यु
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित

तपाईंले छुटाउनुभयो कि?