प्रचण्ड पुगे देउवा निवास, आज तीन दलको निर्णायक वार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २७, २०७७
|
|
२६ पटक हेरिएको
Shares
प्रचण्ड पुगे देउवा निवास, आज तीन दलको निर्णायक वार्ता

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा भाग लिनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
  • अहिले केही बेरमै सुरु हुने बैठकमा भाग लिनको लागि माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ बुढानिलकण्ठ पुगिसकेका छन् ।
  • उता, जसपाका नेताहरु भने बुढानिलकण्ठ पुगेपनि छुट्टै छलफलमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा भाग लिनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

अहिले केही बेरमै सुरु हुने बैठकमा भाग लिनको लागि माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ बुढानिलकण्ठ पुगिसकेका छन् ।

उता, जसपाका नेताहरु भने बुढानिलकण्ठ पुगेपनि छुट्टै छलफलमा जुटेका छन् । वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच आज निर्णायक छलफल हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?