जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २७, २०७८
|
|
३३ पटक हेरिएको
Shares
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा

सारांश

  • धर्मको विषयलाई लिएर जनकपुरमा प्रहरी र दुई समूहबीच झडप भएको छ ।
  •  जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार भएको छ।
  • झडपमा केही सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

धर्मको विषयलाई लिएर जनकपुरमा प्रहरी र दुई समूहबीच झडप भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार भएको छ। झडपमा केही सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । उनले झडप पछिको स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताए ।

झडपको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषाले प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भोलि राति १० बजेसम्म लागू हुने निषेधाज्ञा पूर्वमा जलाद नदीको कल्‌री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म कायम रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?