संविधान निर्माण ऐतिहासिक उपलब्धि

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
२० पटक हेरिएको
Shares
संविधान निर्माण ऐतिहासिक उपलब्धि

सारांश

  • विराटनगर, १५ साउन ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताउनुभएको छ ।
  • नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

विराटनगर, १५ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्रेस लागेको प्रसंग उल्लेख गर्दै उहाँले पहाडलाई पन्छाएर मधेश र मधेशलाई पन्छाएर पहाड होइन कि सबैको धर्म, संस्कृति र अधिकारलाई सम्मान गरी अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

डा गोविन्द केसीको मागको सन्दर्भमा उहाँले राज्यले व्यक्तिसँग जे जस्तो सम्झौता गरेपनि त्यस सम्झौतालाई पूरा नगर्नु दुर्भाग्यपूर्ण भएको धारणा प्रकट गर्नुभयो । उहाँले आपूm गुट उपगुटको विरोधी रहेको र पार्टीभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?