हावाहुरीले ढलेको रुखले किचेर सुर्खेतमा एक जनाको मृत्यु
सारांश
- सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको मृत्यु भएको छ ।
- वीरेन्द्रनगर–२ रानीघाटका स्थानीय लालबहादुर पुलामीको मृत्यु भएको हो।
- दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो।
सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–२ रानीघाटका स्थानीय लालबहादुर पुलामीको मृत्यु भएको हो। दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो। सोही रूखले किचेर पुलामीको घटना स्थलमै मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया